भ्याली पब्लिक र एन्जल्स हार्टलाई बीएनए कप



काठमाडौं । 

भ्याली पब्लिक र एन्जल्स हार्ट पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार च्याम्पियन बनेका छन् । दोहोरो उपाधि जितेको भ्याली पब्लिक सिनियरतर्फ ब्वाइज-गल्र्स दुवैमा पहिलो भए ।

एन्जल्स हार्टले जुनियर ब्वाइजको उपाधि चुम्यो । वसुन्धारा नेसनल एकेडेमी (बीएनए) द्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा भ्याली पब्लिकले एचएचसीएलाई ४५–२१ ले पराजित ग-यो । भ्याली पब्लिकको जितमा छिरिङ लामाले १८ अंक योगदान गरे । दिवस भुजेलको १६ अंक सहयोगमा ग्रिनल्यान्डले एन्जल्स हार्टलाई ४२–२६ ले हराउदै तेश्रो भयो ।

सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले ग्रिनल्यान्डलाई २१–९ ले पाखा लगायो । भ्याली पब्लिककी अनिता गुरुङले ९ स्कोर गरिन् । एचएचसीएले बीएनएलाई २०–६ ले पन्छ्याउँदै तेश्रो बन्यो । भ्याली पब्लिककी सराह घलेले १४ अंक जोडिन् ।जुनियर ब्वाइज फाइनलमा एन्जल्स हार्टले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २३–१८ ले निराश पा-यो । एन्जल्स हार्टका प्रतिक कँडेलले ८ अंक जोडे ।

ग्रिनल्यान्डले स्काइलार्कलाई १६–१३ ले पराजित गर्दै तेश्रो स्थानमा रह्यो । ग्रिनल्यान्डका आयुश घलेले ९ अंक बटुले । सिनियर ब्वाइजमा भ्याली पब्लिकका सुनील पौडेल, सिनियर गल्र्समा भ्याली पब्लिककी अनिता गुरुङ र जुनियर ब्वाइजमा एन्जल्स हार्टका प्रतीक कँडेल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा बीएनएका सन्देश खड्का, सिनियर गल्र्समा भ्याली पब्लिककी लोरिशा गौचन र जुनियर ब्वाइजमा ईबीएका एलेक्स राई प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।

प्रतिक्रिया दिनुहोस्