युरोलाई बृहस्पति फुटसल उपाधि



काठमाडौं । 

युरो स्कुलले बृहस्पति एसइइ खुल्ला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । नक्सालथित बृहस्पति विद्या सदनको फुटसल ग्राउन्डमा बिहीबार भएको फाइनलमा काष्ठमण्डप विद्यालयलाई १–० ले पराजित गर्दै युरो उपाधि जित्न सफल भएको हो ।

युरोलाई उपाधि जिताउन कृष थापा मगरले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उपाधिसँगै युरोले १० हजार रुपैयाँ हात पारेको छ । यस्तै, च्याम्पियन टोलीका खेलाडीले बृहस्पति विद्या सदनमा प्लस टु पढ्न चाहेमा शतप्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन् । टोलीमा रहेका ८ जनालाई १ लाख ८० हजार रुपैयाँ बराबरको पूर्ण छात्रवृत्ति प्रदान गरिएको छ । दोस्रो भएको काष्ठमण्डपले ५ हजार रुपैयाँ हात पा-यो ।

दोस्रो भएको टोलीले ९० हजार अर्थात् ६० प्रतिशत छात्रवृत्ति पाउनेछन् । काष्ठमण्डपकी सराह बज्राचार्य प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भइन् । उनले ५ हजार रुपैयासँगै ट्रफी हात पारिन् । उनी प्रतियोगिता खेल्ने एक्ली महिला खेलाडी थिइन् ।

प्रतिक्रिया दिनुहोस्