रंगशालामा प्रि–स्कुलको ओलम्पिक दिवस



काठमाडौं  ।

अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा प्रि–स्कुलका विद्यार्थीहरूले शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ओलम्पिक दिवस मनाएका छन् ।
नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनले आयोजना गरेको कार्यक्रममा विभिन्न ५२ विद्यालयका १ हजार बढी विद्यार्थीको सहभागिता थियो । सो अवसरमा ओलम्पिक टर्च रिले गर्नुका साथै झन्डोत्तोलन पनि गरिएको थियो ।

ओलम्पिक दिवसकै अवसरमा बाग्मती सरसफाइ गरियो भने स्वयम्भूमा मोर्डन पेन्टाथलनको प्रतियोगिता सम्पन्न भएको कमिसनले जनाएको छ । प्रतियोगितामा ७५ प्रतिस्पर्धी सहभागी थिए । आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा कलाकारको फुटबल हुँदैछ । ओलम्पिक दिवसलाई भव्यरूपमा मनाउन सातै प्रदेशका विभिन्न जिल्लामा कार्यक्रम भइरहेको कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्