एन्जल्स हार्ट र ओडीसी क्वार्टरफाइनलमा



काठमाडौं ।

एन्जल्स हार्ट र ओडिसी इन्टरनेसनल एकेडेमी पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

एन्जल्स हार्टले भ्याली पब्लिकलाई २२–६ ले पराजित ग¥यो । एन्जल्स हार्टको जितमा प्रतीक कँडेलले १४ अंक योगदान गरे । निरज मगरको ११ अंक सहयोगमा ओडीसीले हिमरश्मीलाई १३–१२ को साँघुरो अन्तरले हरायो । सोही स्पर्धामा स्काइलार्कले लालीगुराँस नेसनल एकेडेमीलाई ११–४ ले पाखा लगाउँदै क्वार्टरफाइनलमा स्थान बनायो । स्काइलार्कका ओजश रायमाझीले ४ स्कोर गरे ।

सिनियर ब्वाइजमा स्किब्सले हिमरश्मीलाई २८–९, एचएचसीएले काठमाडौं ग्लोबललाई ३१–१०, भ्याली पब्लिकले सेबलाई ३८–१२, एन्जल्स हार्टले इडेन ब्रिज एकेडेमीलाई ३१–१३ तथा नेपाल मोडेलले भद्रकालीलाई २३–६ ले पन्छ्याए । नेपाल मोडेल बाहेक सबैले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे । स्किब्सका युनिक लिम्बूले १२, एचएचसीएका विक्रम तामाङले १०, भ्याली पब्लिकका अनमोल गुरुङले १४, एन्जल्स हार्टका स्पर्श अधिकारीले ९ र नेपाल मोडेलका सागर लामिछानेले ८ अंक जोडे ।

सिनियर गल्र्समा ग्रिनल्यान्ड र भ्याली पब्लिक सेमिफाइनलमा पुगे । ग्रिनल्यान्डले एचएचसीलाई १०–९ तथा भ्याली पब्लिकले काठमाडौं ग्लोबललाई २५–५ ले निराश पारे । ग्रिनल्यान्डकी समीक्षा थापाले ६ तथा भ्याली पब्लिककी लोरिशा गौचनले ८ स्कोर गरे ।

प्रतिक्रिया दिनुहोस्