बंगलादेश र माल्दिभ्सको हार, भारत विजयी



काठमाडौं ।

एएफसी एसियन कप २०२३ को तेस्रो चरणको छनोटअन्तर्गत भएका खेलमा बंगलादेश र माल्दिभ्सले हार बेहोर्दा भारतले भने जित निकालेको छ ।

छनोटअन्तर्गत समूह ‘इ’ को खेलमा बंगलादेश बलियो प्रतिद्वन्दी बहराइनसँग २–० ले पराजित भयो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बुकिट जलिल नेसनल रंगशालामा भएको खेलमा बहराइनलाई जित दिलाउँन अली हरम र कमिल अल अस्वदले समान एक गोल गरे । खेलको ३४औं मिनेटमा हरमले बहराइनलाई अग्रता दिलाएका थिए । यस्तै, ४२औं मिनेटमा अस्वदले दोस्रो गोल गरेका थिए ।

यस्तै, छनोटअन्तर्गत समूह ‘सी’ मा रहेको माल्दिभ्स भने थाइल्यान्डसँग ३–० ले पराजित भयो । उज्वेकिस्तानको मार्काजिया रंगशालामा सम्पन्न खेलको ४१औं मिनेटमा साराच युयेनले गोल गर्दै थाइल्यान्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा तिरसिल दांग्दाले थाइल्यान्डको अग्रत दोब्बर पार्दा पान्सा हेमविबोनले ८०औं मिनेटमा तेस्रो गोल गरेका थिए ।

छनोटमा रहेको अर्को दक्षिण एसियाली टिम भारतले कम्बोडियालाई २–० ले पराजित गर्यो । घरेलु मैदानमा भारतलाई जिताउँन दुबै गोल कप्तान सुनिल क्षेत्रीले गरे । यस्तै, अर्को खेलमा श्रीलंका उज्वेकिस्तानसँग ३.० ले पराजित भयो । नेपाल नेपालसमेत जोर्डनसँग २–०ले पराजित भयो ।

प्रतिक्रिया दिनुहोस्