खप्तडमा शैलेश्वरी खप्तड म्याराथन हुँदै



विमल विष्ट, डोटी । 

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय तथा धार्मिक स्थल खप्तडमा सुन्दर सुदूरपश्चिम शैलेश्वरी खप्तड म्याराथन प्रतियोगिता हुने भएको छ । डोटी उद्योग वाणिज्य संघ, श्री नं ५ वाहिनी अड्डा दिपायल राजपुर तथा सिलगढीमा तैनाथ रहेको श्री भैरव प्रसाद गणको आयोजनमा उक्त प्रतियोगिता यही जेठ २५ गते बुधवार देखी शुरु हुने भएको छ ।

म्याराथन प्रतियोगितामा भलिबल, देउडा, रन फर फन जस्ता खेल सञ्चालन हुने आयोजकले जनाएका छन् । उक्त दौडमा सुदूरपश्चिम प्रदेशका प्रत्येक जिल्लाबाट दुई-दुई जना र दुई जना गरी २० जना सहभागी हुने भएका छन् । नेपाली सेनाको सुर्खेत, दिपायललगायत अन्य अड्डाबाट २५ जना गरी जम्मा ५५ जना सहभागी हुने भएका छन् ।

२५ गते बुधबार भलिबल खेल बाट म्याराथन शुरु गरिने भएको छ । २६ गते देउडा प्रतियोगिता र २७ गते खप्तडबाट रन फर फन १४ किलोमिटरको हुने आयोजकले जनाएको छ ।प्रतियोगितामा प्रथम हुनेलाई १ लाख, द्वितीयलाई ७५ हजार, तृतीयलाई ५० हजार र ५ जनालाई १०÷१० हजार पुरस्कार प्रदान गरिने भएको छ ।
प्रथम भलिबल टिमलाई रु ५० हजार, द्वितीयलाई रु २५ हजार र तृतीयलाई रु १५ हजार तथा प्रथम देउडा प्रतियोगीलाई रु २५ हजार, द्वितीयलाई रु १५ हजार र तृतीयलाई रु १० हजार पुरस्कार प्रदान गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्