नेविसंघले लगायो त्रिविमा ताला



काठमाडाै‌ं । 

नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेको छ। विहीबार कीर्तिपुरस्थित त्रिवि उपकुलपति कार्यालयसहित पदाधिकारीहरूका कार्यकक्षमा नेविसंघ त्रिवि समितिले ताला लगाएको हो।

नेविसंघले पदाधिकारीलाई बर्खास्तीलगायत विभिन्न माग राखेर यसअघि माघ ७ गतेदेखि निरन्तर तालाबन्दी गर्दै आएको थियो। तर बुधबार नेकपा (क्रान्तिकारी) ले ताला फुटाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्