तारा एयरले भन्यो: जहाज अहिलेसम्म सम्पर्कमा छैन, खोजी कार्य जारी छ


काठमाडौं ।

आइतबार बिहानदेखि सम्पर्कविहीन जहाज अहिलेसम्म फेला नपरेको एति एयरले जनाएको छ । पोखराबाट जोमसोमको लागि ९स्५५ बजे उडेको तारा एअरको जहाज अहिलेसम्म सम्पर्कबाहिर रहेको एति एयरले जनाएको हो ।

सम्पर्कविहीन भएपश्चातदेखि नै स्थल तथा हवाई मार्गमार्फत तीव्र रूपमा खोजी कार्य भइरहेको एति एयरले विज्ञप्तिमार्फत जनाएको छ । वायुयान हराइरहेको सम्भावित स्थान न्याउरीकोट, कोवाङ्ग, लेते, घोडेपानी र टिटि ताल वरिपरि खोजी कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी तथा तारा एअरको उद्धार टोली परिचालन गरिएको छ ।

नेपाली सेनाको एमआई १७ र फिस्टेल एअरको हेलिकप्टोरमार्फत् पनि खोजी भइरहेको एति एयरले जनाएको छ । तारा एयरको टुइनेटर विमान अन्तिम पटक जोमसोम टावरसँग १०: ०७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।