बालकुमारीबाट पेस्तोलसहित दुई जना पक्राउ

0
Shares

काठमाडौं ।

ललितपुरको बालकुमारीबाट पेस्तोल र त्यसमा लाग्ने गोलीसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–१५, घर भएका सुरेन्द्र थिङ र वीरबहादुर बम्जन छन् ।

उनीहरुको साथबाट ‘मेड इन यूएस’ लेखिएको अटोमेटिक पेस्तोल एउटा, म्याग्जिन दुई वटा, गोली चारवटा  बरामद भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

 

Skip This