फाबियो लिभरपुलमा अनुवन्धित



एजेन्सी  ।

इंग्लिस क्लब लिभरपुलले पोर्चुगिज युवा फरवार्ड फाबियो कार्भाल्होलाई अनुबन्ध गरेको छ । लिभरपुलले १९ वर्षीय फरवार्डलाई च्याम्पियनसिप क्लब फुलहमबाट अनुबन्ध गरेको हो । लिभरपुलले फुलहमबाट आठ मिलियन पाउन्डमा कार्भाल्होलाई अनुबन्ध गरेको हो ।

कार्भाल्हो जुलाई १ बाट लिभरपुलमा जोडिनेछ । कार्भाल्होले सन् २०२१–२२ को सिजन फुलहमका लागि ३६ खेलमा १० गोलसँगै आठ असिस्ट दिएका थिए । फुलहमका लागि उनले ५० खेल खेल्दा १२ गोल गरेका छन् । फुलहमले च्याम्पियनसिपको उपाधि जित्दा उनी टोलीका महत्वपूर्ण सहस्य रहेका थिए । उनले पोर्चुगलको यु–२१ टोलीबाट पनि खेलिसकेका छन् ।

त्यस्तै, इंग्लिस प्रिमियर क्लब एस्टन भिल्लाले पनि मिडफिल्डर बुबाकर कमारालाई क्लबमा भित्राएको छ । एस्टनले फ्रेन्च क्लब मार्सेबाट मिडफिल्डर कमारालाई अनुबन्ध गरेको हो । २२ वर्षीय मिडफिल्डरले एस्टनसँग पाँच वर्षको सम्झौता गरेका छन् । फिलिपे कौटिन्हो अनुबन्ध गरेपछि एस्टनले दोस्रो खेलाडीको रूपमा कमारालाई अनुबन्ध गरेको हो ।
एस्टनले उनलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।

मार्सेको एकेडेमीमा हुर्किएका कमाराले सिनियर टोलीका लागि १ सय भन्दा बढी खेल खेलेका थिए । हालै सकिएको सिजन क्लबलाई दोस्रो स्थानमा पु¥याउँदै च्याम्पियन्स लिगमा छनोट गराउन कमाराले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्