म्यानचेस्टर सिटी लिग च्याम्पियन



लन्डन । 

म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग २०२१–२२ सिजनको च्याम्पियन बनेको छ । प्रिमियर लिगको अन्तिम दिनको खेलमा दुई गोलले पछि परेको स्थितिबाट उत्कृष्ट पुनरागमन गर्दै सिटीले उपाधि उचाल्न सफल भएको हो । सिटीले एस्टन भिल्लालाई ३–२ गोलअन्तरले पराजित गर्दा दोस्रो स्थानको लिभरपुलले पनि अन्तिम खेलमा वल्भ्समाथि जित दर्ता ग¥यो । एक

गोलले पछि परेको लिभरपुलले अन्तिममा ३–१ को जित दर्ता गरेपनि उपाधि भने जित्न सकेन ।समग्रमा सिटी ३८ खेलमा ९३ अंकसहित उपाधि जोगाउन सफल रह्यो । यता लिभरपुल ३८ खेलमा ९२ अंकसाथ दोस्रो भयो । खेलमा म्याटी क्यासले एस्टन भिल्लालाई पहिलो हाफमा अग्रता दिलाएका थिए । दोस्रो हाफमा सिटीले आक्रामक सुरुवात गरे पनि गोल गर्न भने सकेन ।

ठिक विपरीत निकै रक्षात्मक देखिएको भिल्लाले काउन्टर अट्याकमा अग्रता दोब्बर पा¥यो । खेलको ७६औं मिनेटमा रहिम स्टर्लिङको पासमा इल्काए गुन्डोगनले गोल गर्दै सिटीलाई खेलमा फर्काए । त्यसको दुई मिनेट नबित्दै सिटीले बराबरी गोल पनि फर्कायो । ओलेक्जेन्डर जिन्चेन्कोको पासलाई रोड्रीले पेनाल्टी क्षेत्र बाहिरबाट सुन्दर गोल गरेपछि खेल बराबरीमा आएको थियो । बराबरी गरेको दुई मिनेटपछि नै सिटीले अग्रता पनि लियो । केभिन डे ब्रुएनको क्रसमा गुन्डोगनले ६ यार्ड बक्स भित्रबाट गोल गर्दै सिटीलाई अप्रत्यासित अग्रता दिलाए ।
अर्कोतर्फ लिभरपुल खेलको तेस्रो मिनेटमा नै पछि परेको थियो । पेड्रो नेटोले राउल जिमिनेजको पासलाई सदुपयोग गर्दै एनफिल्डका समर्थकलाई निराश पारेका थिए । २४ औं मिनेटमा साडियो मानेले गोल गर्दै खेल बराबरीमा ल्याए । दोस्रो हाफमा एक समय सिटी २–० ले पछि पर्दा लिभरपुललाई उपाधि होडमा अघि बढ्न एक गोल मात्र आवश्यक थियो ।

तर, सिटीले आफ्नो खेलमा लगातार तीन गोल गर्दै ३–२ को अग्रता लिएपछि मात्र लिभरपुल अघि बढ्न सक्यो । खेलको ८४औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई अघि बढाए । ८९ औं मिनेटमा एन्डी रोबर्टसनले गोल गर्दै लिभरपुलको जित सुनिश्चित गरे । दुवै टोलीले जित हात पारेपछि सिटी एक अंकको अग्रतासहित लिग च्याम्पियन बन्न सफल रहयो । वल्भ्सले ५१ अंक जोडेर १०औं स्थानमा लिग अन्त्य ग-यो ।लिभरपुलले यो सिजन एफए कप र इंग्लिस फुटबल लिग कपको उपाधि जितिसकेको छ । अब लिभरपुलले २८ मे मा यूईएफए च्याम्पियन्स लिगको उपाधिका लागि स्पेनिस क्लब रियल मेड्रिडसँग खेल्नेछ । उक्त खेलमा च्याम्पियन बन्न सके लिभरपुलले सिजनको तेस्रो उपाधि जित्दै जारी सिजन अन्त्य गर्नेछ ।

त्यस्तै, अर्को खेलमा आर्सेनलले घरेलु मैदानमा एर्भटनमाथि ५–१ को सानदार जित निकाल्दै पाँचौं स्थानमा रहेर यस सिजनको लिगको अन्त्य ग-यो । इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा आर्सेनलको फराकिलो जितमा गाब्रियल मार्टिनेली, इडवार्ड एनकेइटा, सेडरिक सोराएस, गाब्रियल र मार्टिन ओडेगार्डले गोल गर्दा एभर्टनका डानी भान डि विकले एक गोल फर्काए । गोलको वर्षा भएको खेलको २७औं मिनेटमा गाब्रियल मार्टिनेलीको पेनाल्टी गोलबाट आर्सेनलले सुरुवाती अग्रता लिएको थियो ।

३१औं मिनेटमा इडवार्ड एनकेइटाले गा्ल गर्दै आर्सेनलको अग्रता दोब्बर पारे । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा डोनी भान डि विकले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । खेलको ५६औं मिनेटमा सेडरिक सोराएसले गोल गरेपछि आर्सेनल खेलमा ३–१ ले अघि बढ्यो ।५९औं मिनेटमा गाब्रियलले तथा ८२औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सेनललाई सानदार जित दिलाए । यो जितसँगै ३८ खेलबाट ६९ अंक जोडेर पाँचौ स्थानमा रहेको आर्सेनलले अर्काे सिजनको युरोपा लिगमा स्थान पक्का गरेको छ । पराजित एभर्टन ३९ अंक जोडेर १६औं स्थानमा रह्यो ।

त्यस्तै, लन्डन क्लब चेल्सीले घरेलु मैदानमा वाट्फोर्डलाई २–१ ले पराजित ग¥यो । चेल्सीको जितमा काई हाभर्टज र रोस बार्कलेले गोल गरे । वाट्फोर्डका डान गोस्लिङले एक गोल फर्काए । यो जितसँगै चेल्सीले ३८ खेलबाट ७४ अंक जोडेर तेस्रो स्थानमा रहँदै यस सिजनको लिगको अन्त्य ग-यो ।

अर्कोतिर बर्नली पनि लिगको रेलिगेसनमा परेको छ । आफ्नो अन्तिम खेलमा न्युक्यासल युनाईटेडसँग २–१ गोलअन्तरले पराजित भएपछि बर्नली रेलिगेसनमा परेको हो । अब बर्नलीले आगामी सिजन च्याम्पियनसिप खेल्नेछ । बर्नली प्रिमियर लिगमा बढुवा भएको ६ वर्षपछि रेलिगेसनमा परेको हो । यस अघि नर्विच र वाट्फोर्ड रेलिगेसनमा परिसकेको थियो । न्युक्यासल ४९ अंक जोडेर ११ औं स्थानमा रह्यो ।

प्रतिक्रिया दिनुहोस्