चुनावमा अन्तरघात गरेको भन्दै पूर्व नगरप्रमुखलाई कारबाही



सल्यान।

चुनावमा अन्तरघात गरेका भन्दै नेकपा माओवादी केन्द्र वागचौर नगरकमिटीले पूर्व नगरप्रमुख तथा प्रदेश कमिटी सदस्य लोकमान वुढाथोकीलाई कारवारहीका लागि प्रदेश कमिटीमा सिफारिस गरेको छ । गत वैशाख ३० गते सम्पनन स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवार हराउन अन्तरघात गरेको भन्दै कारवाहीका लागि जिल्ला समन्वय समिति मार्फत प्रदेश कमिटीमा सिफारिस गरेको हो ।

नगर कमिटी अध्यक्ष शोभाराम भण्डारीले पार्टीले अघि सारेका उम्मेदवार हराउन नगरपालिकाका सवै वडामा सवै किसिमका योजनामा सहभागी भएको पाईएकाले लोकमान वुढाथोकीलाई कारवाहीका लागि सिफारिस गर्ने निर्णय भएको बताए । उनका अनुसार स्थानीय तह निर्वाचनमा पार्टीका तर्फवाट अघि सारिएका उम्मेदवार हराउन संलग्न रहेको प्रमाण भेटिएका छन् ।

नेकपा माओवादी वागचौर नगरसमितिको आयोजनामा भएको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दे अध्यक्ष भण्डारीले आफुहरुको जनाधार बलियो भएको भएपनि पूर्व नगरप्रमुख प्रदेश कमिटि सदस्य रहेका लोकमान वुढाथोकीले योजनावद्ध रुपमा सवै वडामा पाटीका आधिकारी उम्मेदवार हराउन लागेको ले पराजय हुनु परेको बताए । जनताले माओवादीलाई विश्वास गरेको भएपनि लोकमान वुढाथोकीले सवै वडामा आ-आफ्नो शक्ति परिचालन गरेर चुनावको नतिजा विपक्षमा गएको बताए ।

नेकपा माओवादी वागचौर नगरकमिटिको वैठकले नगर समिति सदस्य डिल्लीवलीलाई पार्टीको साधारण सदस्य नरहने गरी निस्कासन गरेको छ । यस्तै सवै वडा पार्टीका उम्मेदवार हराउन सहभागी हुनेहरुको विषयलाई छानविन गर्न नगर उपाध्यक्ष मोहन वुढाथोकी संयोजक रहेको ७ सदस्यीय समिति गठन भएको छ । समितिका सदस्यहरुमा मदन वस्नेत, पूर्णवहादुर वटाला, ईन्द्रवहादुर भण्डारी, नोखिराम बस्नेत र धनेन्द्र विमल वली रहेको समिति गठन गरिएको छ । समितिले वडामा भएको अन्तरघात र संलग्नको छानविन गरी कारवाहिका लागि समितिमा सिफासिर गर्ने छ ।

वागचौर नगरपालिकामा उपप्रमुखमा माओवादीले विजयी प्राप्त गरेको छ । वागचौर नगरपालिकमा विजयी जनप्रतिनीधिलाई वधाई ब्यक्त गर्नुका साथै विजयी उम्मेदवारले वडा स्तरमा कार्यक्रमको आयोजना गरी मतदातालाई धन्यवाद दिने निणर्य गरेको सचिव दिपक ओलीले जानकारी दिए ।

नेकपा माओवादी वागचौर नगरपालिकामा यसअघि प्रमुख उपप्रमुख दुवै पदमा विजयी भएको थियो । वागचौर नगरपालिकामा माओवादीले आफ्नो पार्टीम ासंगठीत सदस्य २ हजार ७ सय रहेको वताएको छ । यसपालि पनि चुनाव जित्ने दावी गरेको माओवादीले अन्तरघातकै कारण चुनावमा पराजीत हुनु परेको निष्कर्ष निकालेको छ ।

 

प्रतिक्रिया दिनुहोस्