मानेभञ्ज्याङ गाउँपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र र उपप्रमुखमा कांग्रेसका आश्रचन निर्वाचित



ओखलढुंगा ।

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली र उपाध्यक्षमा आश्रचन राई विजयी भएका छन् । अध्यक्षमा धारा चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका रुम्दाली र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राई एमाले–जसपा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन्।

अध्यक्षमा निर्वाचित रुम्दालीले नेकपा एमालेका उम्मेदवारलाई एक हजार २०६ मतान्तरले पराजित गर्दै विजयी भएका छन् । रुम्दाली पाँच हजार २१ मत प्राप्त गरेर विजयी हुँदा उनका निटतम प्रतिस्पर्धी एमालेका रुपलाल तामाङले तीन हजार ८१५ मत ल्याएका छन् । उपाध्यक्षमा निकटतम प्रतिस्पर्धी जसपाका दीपेन्द्र रुम्दालीलाई दुई हजार १७३ मत अन्तरले पराजित गर्दै राई चार हजार ७५० मत प्राप्त गरेर विजयी भएका छन् । उपाध्यक्षमा रुम्दालीले दुई हजार ५७७ मत प्राप्त गरेका छन् ।

यहाँका नौमध्ये सातमा कांग्रेस र दुई वडामा एमालेले जितेको छ । कांग्रेसबाट वडा नं.१ मा राजकुमार रुम्दाली, २ मा राममणि राई, ४ मा विष्णु तामाङ, ५ मा रामकुमार राई, ६ मा हेमराज राई, वडा नं.७ मा विष्णुप्रसाद गौतम, वडा नं. ८ मा भिम बलाम्पाकी मगरले जितेका छन् ।

नेकपा एमालेबाट वडा नं.९ मा पूर्णबहादुर मगर र ३ मा जितेन्द्र राईले जितेका छन् । विसं. २०७४ को निर्वाचनमा गाउँपालिका अध्यक्ष उपाध्यक्षसहित सात वडामा कांग्रेस, एउटा वडामा माओवादी र एउटा वडामा एमालेका उम्मेदवार विजयी भएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्