चन्दा च्याम्पियन


काठमाडौं । 

नेपालकी चन्दा भुजेल प्रथम इन्डो–नेपाल आईएफके क्योकुसिन कराते प्रतियोगिताको महिला ७० केजीमा शनिबार पहिलो भएकी छिन् ।

इन्टरनेसनल फेडरेसन अफ कराते एसोसिएसन नेपालको आयोजनामा भएको प्रतियोगितामा चन्दाले भारतकी श्रेष्ठ गांगुलीलाई पराजित गरिन् । कलंकीस्थित नेसनल बिजनेस ट्रेड सेन्टरमा भएको प्रतियोगिताको महिला २६ केजीमा नेपालकी श्रृष्टि अधिकारीले भारतकी आइना दास, ५० केजीमा भारतकी चन्द्रा शिखाले नेपालकी आशिका पन्त तथा ६६ केजीमा नेपालकी प्रमिला भँमिलाई हराउँदै स्वर्ण जिते ।

पुरुष ३२ केजीमा नेपालका आकाश भँमिले भारतका रोहन दास, ५० केजीमा भारतका जयदीप दासले नेपालका अमन तामाङ, ५७ केजीमा नेपालका आशिष शाही ठकुरीले भारतका अद्रिडो दास, ५६ केजीमा नेपालका पार्थ कोइरालाले भारतका दीपेन लोन, ५० केजीमा नेपालका शेख रिजवानले भारतका सावानाबो रोय, ५५ केजीमा नेपालका श्रृजित गुरुङले भारतका ब्रह्मा बार्टा दास, ८६ केजीमा नेपालका मुकेश लुइँटेल खत्रीले भारतका इन्द्रजित शाह, ५६ केजीमा नेपालका सञ्जय राईले भारतका रुपम कुथी तथा ७२ केजीमा नेपालका विक्रम राणाले भारतका रोनितलाई पाखा लगाउँदै शीर्ष स्थान हात पारे ।

पुरुषकै ६६ केजीमा भारतका आर्यमान चक्रबर्टीले नेपालका रोहन देउला, ५८ केजीमा नेपालका दीपेश तामाङले भारत रञ्जय, ८२ केजीमा नेपालका युभेन थापाले भारतका अंकित दास तथा ६५ केजीमा भारतका आकाश सेनले नेपालका दिनेश बम्जनलाई पन्छाउँदै पहिलो भए ।

Skip This