ग्रिन भिलेजलाई उपाधि



नेपाल समाचारपत्र, काठमाडौं

ग्रिन भिलेज फाउन्डेसनले प्रथम ब्राइट फ्युचर एसईई कप छात्र फुटसल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
नैकापस्थित ब्राइट फ्युचर सेकेन्डरी स्कुल प्लस टु विभागद्वारा आयोजित प्रतियोगिताको फाइनलमा ग्रिन भिलेजले यशस्वीलाई ६–२ गोलले पराजित ग-यो । विजयी टिमका लागि कप्तान समीर बोहरा एक्लैले ४ गोल गरे । सारुन कुँवर र जेनिश बस्नेतले १–१ गोल थपे । यशस्वीका धननाथ ढुंगेलले २ गोल फर्काए ।

विजेताले २५ हजार नगदसहित ब्राइट फ्युचरमा प्लस २ अध्ययनका लागि पँर्ण छात्रवृत्ति पाए । दोश्रो भएको यशस्वीले १५ हजार नगदसाथ प्लस २ मा भर्ना हुन ५० प्रतिशत छात्रवृत्ति प्राप्त ग-यो ।

ग्रिन भिलेजका समीर नै प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगिताभर ८ गोल गरेका नेपाल राष्ट्रिय माविका होमराज नेगी सर्वाधिक गोलकर्ता बने । ग्रिन भिलेजका नितेश बस्नेत उत्कृष्ट गोलरक्षक चुनिए । ध्रुवतारा अनुशासित टिम ठहरियो । चारै विधालाई ५ हजार नगदसहित प्लस २ अध्ययनका लागि पँर्ण छात्रवृत्ति उपलब्ध गराइयो ।

विजेतालाई प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुंगाना, राष्ट्रिय फुटबल टोलीका पँर्वकप्तान विराज महर्जन, पँर्वराष्ट्रिय फुटबलर रमेश बुढाथोकी, ब्राइट फ्युचरका संस्थापक निर्देशक मोहन कार्की, ब्राइट फ्युचरका प्रिन्सिपल दयाराम थापा, ब्राइट फ्युचर प्लस २ विभागका प्रमुख श्याम महर्जन, नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की, जनार्जन ढुंगेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने नकआउट प्रतियोगितामा २५ टिम सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्