गोल्डेनगेटको जित



काठमाडौं  । 

गोल्डेनगेट इन्टरनेसनल कलेजले पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार जित हात पारेको छ । गोल्डेनगेटले आयोजक क्वेस्ट इन्टरनेसनल कलेजललाई ६३–४३ ले पराजित ग-यो ।

ब्वाइजमै जेभियर इन्टरनेसनल कलेजले सायम (एसआईएएम) लाई ५५–४५ तथा नाथम (एनएटीएचएम) लाई ५१–४० ले हराए । गल्र्सको राउन्ड रोविन लिगमा शुभश्रीले मल्पीमाथि ८–६ को जित दर्ता ग-यो ।

प्रतिक्रिया दिनुहोस्