ईपीएल कात्तिकमा हुने



काठमाडौं   ।

पाँचौं संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) आगामी कात्तिक महिनाको अन्त्यतिर हुने भएको छ । ईपीएल कार्तिक २६ देखि मंसिर १० गतेसम्म आयोजना हुनेछ । चौथो संस्करणको उपाधि चितवन टाइगर्सले फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै जितेको थियो ।

चौथो संस्करणको ईपीएलमा पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी, श्रीलंकाका धम्मिका प्रसाद, उपुल थारंगा, दक्षिण अफ्रिकाका रिचर्ड लेभी, अफगानिस्तानका मोहम्मद शहजाद, रहमान उल्लाह गुरबाज, जिम्बावेका सिकन्दर राजा, रयान बर्ल र बंगलादेशका तामिम इकबाल जस्ता खेलाडीले खेलेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्