पुलिसको दुवै टोलीलाई सफलता



काठमाडौं । 

दुई विभागीय टोली नेपाल पुलिस क्लबको महिला तथा पुरुष दुवै टोलीलाई छैटौं आर.बि.बि. एन.भि.ए. राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा बुधबार सफलता प्राप्त भएको छ ।

महिलातर्फ पुलिसले बुटवलको एभरेस्ट भलिबल क्लबलाई २५–१८, २५–१९, २५–१४ ले तथा पुरुषतर्फ गण्डकी प्रदेश भलिबल क्लबलाई २५–२३, २५–१६, ३२–३० ले पराजित गर्दै सफलता प्राप्त गरेको हो ।यस्तै, आजै भएको महिलातर्फको अर्को खेलमा सेनाले होङ्गवाङ्गजी न्यू डायमण्ड क्लबलाई २५–१६, २५–१२, २५–१२ ले पराजित गरेको छ ।

नेपाल पुलिसको यो जितसँगै दुई खेलबाट ६ अंक बनाएको छ भने सेनाको तीन खेलबाट ६ अंकनै रहेको छ । यस्तै, नेपाल एपीएफ क्लबको ३ अंक, एभरेस्ट भलिबलको २ अंक र न्यू डायमन्डको १ अंक रहेको छ । न्यू डायमण्डकी स्टार खेलाडी प्रतिमा माली घुडामा चोट बोकेका कारण यस प्रतियोगितामा अनुपस्थित रहेकी छिन् ।

राष्ट्रिय वाणिज्य बैंकको प्रायोजनमा भएको प्रतियोगिताको पुरुषतर्फ टिपटप हेल्प नेपालले एपीएफमाथि ३–१ को जित निकाल्यो । टिपटपले एपीएफलाई २५–२२, २५–१९, २८–३० र २५–२३ ले पराजित ग-यो । पुलिसले यो जितसँगै ९ अंक बनाएको छ । यस्तै, हेल्प नेपालको ८ अंक, सेनाको ९ अंक, एपीएफको ३ अंक, गण्डकीको ४ र गलकोटको अंक बनेको छैन ।

प्रतिक्रिया दिनुहोस्