क्वेस्टको विजयी शुरुआत



काठमाडौं  । 

आयोजक क्वेस्ट इन्टरनेसनल कलेजले पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा बुधबार विजयी शुरुआत गरेको छ ।

ग्वार्कोस्थित घरेलु कोर्टमा क्वेस्टले मल्पीलाई ४२–२६ ले पराजित ग-यो । क्वेस्टका ग्याल्साङ लामाले १६ अंक जोडे । ब्वाइजमै जेभियर इन्टरनेसनल कलेज र गोल्डेनगेट इन्टरनेसनल कलेजले पनि जितका साथ यात्रा प्रारम्भ गरेका छन् ।जेभियरले केएमसीलाई ६४–२७ ले हरायो । जेभियरको जितमा रवि पौडेलले २६ अंक योगदान गरे । प्रज्ज्वल महर्जनको १५ अंक सहयोगमा गोल्डेनगेटले शुभश्रीलाई ७७–१७ को फराकिलो अन्तरले पन्छायो ।

गल्र्सको राउन्ड रोविन लिगमा मल्पीले सायम (एसआईएएम) बाट वाक ओभर पायो । प्रतियोगिताको स्व. नारायणप्रसाद श्रेष्ठकी धर्मपत्नी एवं क्वेस्टकी सञ्चालक अनिता श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरिन् ।

प्रतियोगितामा पुरुषतर्फ ९ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । राउन्ड रोविन लिगका आधारमा सञ्चालित महिलाको स्पर्धामा ५ टिम सहभागी छन् ।पुरुषको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगद पुरस्कार हात पार्नेछन् । महिलामा पहिलो हुनेले ३० हजार र दोश्रोले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । दुवैका ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही ५ हजार नगदसहित गिफ्ट ह्याम्परबाट पुरस्कृत गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्