एमालेबाट गाउँपालिका अध्यक्षको उम्मेदवारविरूद्ध पक्राउ पूर्जी जारी

प्रहरीद्धारा निरन्तर खोजी


ओखलढुंगा ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)बाट ओखलढुंगाको लिखु गाउँपालिकाको अध्यक्षका उम्मेदवार मिलनकुमार विष्टविरूद्ध पक्राउ पूर्जी जारी भएको छ । विष्टविरुद्ध भक्तपुर जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको हो ।

उक्त पूर्जी जारी भए पनि हालसम्म विष्टलाई प्रहरीले भेटाउन सकेको छैन । उनी फरार रहेकाले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक सुकदेव खनालले जानकारी दिए ।

विष्टविरूद्ध नेपाली कांग्रेसबाट उम्मेदवार अशोक कार्कीले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् । विष्टविरूद्ध ०७७ मा भक्तपुरमा बैंकिङ कसुर र दोहोरो नागरिकता लिएको आरोपमा मुद्दा दर्ता भएको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।