केकेआरको ५ हारपछि पहिलो जित



नयाँ दिल्ली  । 

जारी सिजनको आईपीएलअन्तर्गत ४७ औं खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) ले राजस्थान रोयल्स (आरआर) लाई ७ विकेटले पराजित गरेको छ ।

केकेआर सामु १ सय ५३ रनको लक्ष्य थियो, जसलाई टोलीले ३ विकेट गुमाएर अन्तिम ओभरमा हासिल ग¥यो । यो केकेआरको लगातार ५ हारपछिको पहिलो जित हो । केकेआरले १० खेल खेलेकोमा ६ खेलमा हार व्यहोरेको छ । आरआरको भने १० खेलमा चौथो हार हो । टोलीले ६ खेल जितेको छ । अंकतालिकामा आरआर १२ अंकसहित तेस्रो स्थानमा छ ।

जबकी केकेआर ८ अंकसहित सातौं स्थानमा रहेको छ ।चौथो विकेटका लागि नीतिश राणा र रिन्कू सिंहले ३८ बलमा ६६ रनको साझेदारी गरी टोलीलाई जित दिलाएका थिए।नीतिशले ३७ बलमा ४८ रन बनाउँदा ३ चौका र २ छक्का सामेल थिए । रिन्कूले ६ चौका र १ छक्काको सहयोगमा २३ बलमा ४२ रन बनाउँदै नटआउट रहेका थिए । केकेआरले पहिलो दुई विकेट ३२ को स्कोरमा गुमाएको थियो ।

बाबा इन्द्रजित १५ रन र एरोन फिन्च ४ रनमा आउट भएका थिए । यसपछि, कप्तान श्रेयस अय्यर र नीतिशले तेस्रो विकेटका लागि ६० रनको सानदार साझेदारी गरे । श्रेयस ३४ रन बनाएर टे«न्ट बोल्टको बलमा आउट भएपछि यो साझेदारीको अन्त्य भएको थियो । यो साझेदारी तोडिएपछि नितिश र रिन्कूले आरआरलाई खेलमा फर्कने कुनै मौका दिएनन् ।

यसअघि, टस हारेर ब्याटिङ गरेको आरआरले ५ विकेटको क्षतिमा १ सय ५२ रनको योगफल बनाएको थियो । टोलीका लागि सन्जू सेमसनले सर्वाधिक ५४ रन बनाए । यो उनको जारी आईपीएलमा दोस्रो अर्धशतक हो ।करुण नायर १३ रनमा आउट भए । करुण र सञ्जुले तेस्रो विकेटका लागि ३५ रन जोडेका थिए ।

तर, लयमा रहेका जोस बटलरले भने आरआरका लागि निरासजनक ब्याटिङ गरे । जारी आईपीएलमा तीन शतक प्रहार गरिसकेका उनले केवल २२ रन जोडेका थिए । उनले अहिलेसम्म १० खेलमा ५ सय ८८ रन बटुलिसकेका छन् । बटलर र सञ्जुले दोस्रो विकेटका लागि ४८ रन जोडेका थिए । अन्तिम ओभरमा हेटमायरले आक्रमक ब्याटिङ गर्नु नै आरआर सम्मानजनक स्कोरमा पुगेको थियो । उनले १३ बलमा २७ रन जोडेका थिए । केकेआरका लागि सबैभन्दा बढी विकेट टिम साउदीले लिए । उनले २ विकेट आफ्नो नाममा पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्