यूएफाले रुसीफुटबलमाथि थप कारबाही



FIFA and UEFA logos are displayed in front of the Russian flag in this illustration taken, February 28, 2022. REUTERS/Dado Ruvic/Illustration

लन्डन ।

युरोपेली फुटबलको निकाय यूएफाले जुलाईमा हुने महिला युरोपियन च्याम्पियनसिप र आगामी वर्षको महिला विश्वकपबाट रुसी टोलीलाई प्रतिबन्ध लगाएको छ ।

यो यूएफाको थप रुसीमाथि थप कारबाही हो । यसअघि, यूएफा र विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुसको राष्ट्रिय टोली र क्लबहरुलाई अर्को सुचना नआउन्जेल अन्तर्राष्ट्रिय फुटबलबाट निलम्बित गरिसकेका थिए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यूक्रेनमाथि सेना आक्रमण गराएको केही दिनपछि नै यूएफा र फिफाले रुसको राष्ट्रिय टोलीलाई प्रतिबन्ध लगाएका थिए ।

यो कारबाहीले गर्दा पोर्चुगलको भाग्य खुलेको छ । रुससँग प्लेअफमा हारेको पोर्चुगलले इंग्ल्यान्डमा जुुलाई ६ देखि ३१ तारिखसम्म हुने महिला युरोमा खेल्न पाउने भएको छ । प्रतियोगिताबाट रुसलाई निष्कासित गरेपछि पोर्चुगलले समूह ‘सी’ मा नेदरल्यान्डस्, स्विडेन र स्विट्जरल्यान्डसँगै खेल्ने अवसर मिलेको छ ।यूएफाले रुसद्वारा २०२८ र २०३२ मा हुने पुरुषको युरो कपका लागि राखिएको आयोजना प्रस्तावलाई खारेजसमेत गरको छ । यो कारबाहीपछि युरो २०२८ को लागि ब्रिटेन र आयरल्यान्डको संयुक्त आयोजना प्रस्तावमा टर्की मात्रै एक्लो प्रतिद्वन्द्वी राष्ट्र बचेको छ ।

टर्कीले सन् २०३२ को युरो कपमा आयोजक बन्ने चासो भएको धारणा राखेको छ ।रुसका क्लबहरूले पनि २०२२–२०२३ सिजनमा प्रतिस्पर्धा गर्न पाउने छैनन् । यो सिजनमा च्याम्पियन्स लिग, युरोपा लिग र युरोपा कन्फ्रेन्स लिगका साथै अन्य युरोपेली प्रतियोगितामा खेल्नबाट रुसी क्लबहरू वञ्चित भएका छन् ।रुसी लिग विजेता जेनिट सेन्ट पिटर्सबर्गले २०२२–२३ च्याम्पियन्स लिग समूह चरणमा भाग लिन नपाउने भएको छ । पिटर्सबर्गको स्थानमा स्कटिस प्रिमियरसिप विजेताले खेल्नेछ ।

यूएफाद्वारा जारी गरिएको वक्तव्यमा रुसले आगामी जुनदेखि शुरु हुने नेसन्स लिगमा पनि भाग लिने नपाउने उल्लेख गरेको छ । रुस समूह चरणबाट स्वतः दोस्रो श्रेणीमा रेलिगेसन हुने पनि यूएफाले जनाएको छ । यूएफाको कावरबाहीले गर्दा जर्मन क्लब आरबी लेइपजिग यस सिजनको युरोपा लिगको क्वार्टरफाइनलमा पुगेको छ । रुसको क्लब स्पार्टक मास्को बाहिरिएपछि अन्तिम १६ को खेल पनि रद्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्