राखेपका पुर्व सदस्य एमालेमा प्रवेश



ललितपुर  । 

नेपाली काग्रेस तरुण दलका पुर्व क्षेत्रीय सभापति निरन खड्का एमालेमा प्रवेश गरेका छन् ।ललितपुर महानगरपालिका १८ वडाका युवा नेता खड्का एमालेमा प्रवेश गरेका हुन् ।

खड्का दशक लामो खेलकुदमा आबद्ध भएका थिए । राष्ट्रिय खेलकुल परिषद् (राखेप) का पुर्व सदस्य समेत रहेका उनी तेक्वान्दोका खेलाडी पनि थिए । नेपाल मार्शल आर्ट्स महसंघका पुर्वअध्यक्ष, भैंसेपाटीको ओम तेक्वान्दो डोजाङका संस्थापक अध्यक्ष रहेका उनी हाल ६ डान हुन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वालकोटमा खड्कालाई पार्टी प्रवेश गराउनुभएको थियो । पार्टीमा प्रवेश गराउँदै एमाले अध्यक्ष ओलीले स्थानीय निर्वाचनमा एमालेका उम्मेद्दारलाई विजयी गराउन लाग्नुपर्ने बताउनुभयो । उहाले भन्नुभयो–तपार्इंलाई पार्टीले उचित जिम्मेवारी दिनेछ । अहिलेको अवस्थामा तपाईको भुमिका महत्वपूर्ण रहनेछ ।

ललितपुरको राजनीतिमा ख्याति कमाएका खड्काले पार्टीको महाअधिवेशन प्रतिनिधि, ०५८ देखि ०६२÷०६३ को जनआन्दोलन सम्म ६ वर्ष तत्कालीन सैबुगाउँ कमिटि तरुणदलको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । खड्काले एमालेको नीति र सिद्धान्त मन परेको कारण पार्टी प्रवेश गरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्