पत्रकार सुमनको सम्झना गरियो



काठमाडौं  ।

विनाशकारी भूकम्पमा परी ज्यान गुमाएका खेलकुद पत्रकार सुमन बम्जनको सातौं पूण्यतिथिमा नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार कार्यक्रम आयोजना गरियो ।

मकवानपुर निवासी बम्जनको २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पमा परी ज्यान गएको थियो । भूकम्पमा ज्यान गुमाएका बोम्जनको शव उनी बसेको भोटाहिटीस्थित क्षतिग्रस्त घरमा वैशाख १९ गते भेट्टिएको थियो । यही दिन हरेक वर्ष मञ्चले उनको सम्झनामा कार्यक्रम आयोजना गर्दै आएको छ ।

मञ्चले हरेक वर्ष सुमन बम्जन युवा पत्रकारिता पुरस्कार पनि प्रदान गर्दै आएको छ । मञ्चका सदस्यमध्येबाट हरेक वर्ष एक जना पुरस्कृत हुने गरेका छन् । पुरस्कारका लागि मञ्चले १० लाख रुपैयाँ मुद्दतीमा राखेको र त्यसको ब्याजबाट प्राप्त हुने रकमको ५० प्रतिशत पुरस्कार राशि दिइने मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) ले जानकारी दिए ।

हैटौँडाबाट राजधानी आएका सुमनले नेपाली राष्ट्रिय दैनिक गोरखापत्रमा खेलकुद ब्युरोमा कार्यरत रहेका थिए । उनी मञ्चको मकवानपुर समन्वय शाखाका संस्थापक अध्यक्ष पनि थिए ।

प्रतिक्रिया दिनुहोस्