रुसी खेलाडीको प्रतिबन्धमा खेलाडीको असमर्थन



लन्डन । 

हरेक वर्षमा हुने तेस्रो ग्रान्डस्लाम टेनिस प्रतियोगिता विम्बल्डनमा रुसी र बेलारुसी खेलाडीलाई खेल्न प्रतिबन्ध लगाइएको छ । अल इंग्ल्यान्ड लन टेनिस क्लबले उक्त निर्णय सार्वजनिक गरेको हो ।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि नै विश्वभरिका प्रतियोगितामा रुसी खेलाडीलाई प्रतिबन्धित लगाइएको क्लबको स्पष्टीकरण रहेको छ । तर, यस निर्णयप्रति विश्वका शीर्ष खेलाडीले समर्थन भने गरेका छैनन् ।सर्बियाका नोभाक जोकोभिच, स्पेनका राफायल नाडाल र ब्रिटेनका एन्डी मुरे जस्ता स्टार खेलाडीले यस्तो गर्नु ठीक नभएको बताएका छन् । नाडालले प्रतिबन्ध गर्नु धेरै नै अनुचित भएको बताए । मुरेले प्रतिबन्ध गर्नुलाई समर्थन गर्न नसकिने प्रतिक्रिया दिएका थिए ।

उनले भने—सरकारको यो निर्णयप्रति समर्थन जनाउनुमा म असन्तुष्ट छु । यदि, खेलाडीले युद्धविरुद्ध सही गरेमा खेल्न पाउने गर्नुपर्छ ।यसैगरी, जोकोभिचले उक्त निर्णयलाई पागलको संज्ञा दिएका छन् । रुसी विश्व नम्बर ८ एन्ड्री रुबलेभले प्रतिबन्ध गर्नु पूरै विभेद र असान्दर्भिक रहेको बताए । युक्रेनका खेलाडी एलिना स्विटोलिना भने विम्बल्डनको कारबाहीलाई स्वागत गरेकी थिइन् । विम्बल्डनमा सेमिफाइनलसम्म पुगेकी स्विटोलिनाले आक्रमणविरुद्ध बोल्नु र त्यसपछि खेल्न योग्य गर्नुपर्ने बताएकी थिइन् ।

जब अप्रिल २० मा रुसी खेलाडीलाई प्रतिबन्ध लगाउने घोषणा गरियो, यसलाई संयुक्त अधिराज्यका खेलमन्त्री निजेल हडलस्टनले समर्थन गरेका थिए । तर, त्यही नै क्रेमलिनका प्रवक्ता डिमिट्री पेस्कोभले आलोचना गरेका थिए । पुरुष टेनिसको निकाय एटीपी र महिला टेनिसको निकाय डब्लूटीएले समेत रुस र बेलारुसका खेलाडीलाई प्रतिबन्ध गर्ने निर्णयप्रति समर्थन जनाएका छैनन् । यी दुवै निकायले खेल्न दिनुपर्ने तर, अंक काट्ने योजनामा रहेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्