धर्मश्रीलाई काठमाडाैं महानगरको साथ



काठमाडौं  ।

नेपाल ब्यायाम मन्दिरले आयोजना गर्ने १६ औं धर्मश्रीका लागि काठमाडौ महानगरपालिकाको मुख्य प्रायोजन हुुने भएको छ ।
यस्तै, अन्य विभिन्न संघ संस्थाले पनि प्रायोजन गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । यस्तै, २३ र २४ गते आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको समेत जानकारी गरायो । धर्मश्रीका बिजेताले नगद १० लाख प्राप्त गर्नेछन् । यस अघिको संस्करणमा बिजेताको पुरस्कार रासी ५ लाख रहेको थियो ।

शारीरिक सुगठनको इतिहासमै अति नै प्रतिष्ठित प्रतियोगिता रहेको धर्मश्रीमा १६ औं संस्करणमा नयाँ बिधालाई पनि थप गरिएको छ । जसमा महिला तथा पुरुष फिजिक्स बिधा थपिएका हुन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने प्रतियोगिताको ‘प्रि–जजिङ राउन्ड’ वैशाख २३ गते हुनेछ । फाइनल चरण वैशाख २४ गते हुनेछ । प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५, ८० र ८० केजी भन्दामाथि तौल समूहमा ४ सय खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।

प्रत्येक बिधामा प्रथम स्थान हासिल गर्ने खेलाडीहरूको विचमा अन्तिम प्रतिस्पर्धा गराई विजयी हुनेलाई धर्मश्रीको उपाधिसहित सम्मान गरिनेछ । प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले पाँचलाख, तेस्रो हुनेले दुई लाख पुरस्कार पाउनेछन् । यसैगरी, प्रतियोगितामा चौथो हुने खेलाडीले एक लाख ५० हजार, पाँचाैंले एक लाख, छैटौँले ९० हजार र सातौं हुनेले ८० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रत्येक तौल समूहका उपविजेतालाई ४० हजार र तेस्रोलाई २५ हजार रुपियाँ प्रदान गरिनेछ । महिला फिजिक्स तर्फको विजेतालाई दुई लाख, उपविजेतालाई एक लाख र तेस्रो हुनेलाई ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता सम्पन्न गर्न ९० लाख रुपियाँ खर्च हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्