सुनौलो करियरका बेकर जेलमा



लन्डन ।

जुलाई १९८५ मा १७ वर्षका फुच्चे केटोले लन्डनको ग्रास कोर्टमा विम्बल्डन ट्रफी चुमेको दृश्य अहिले पनि कसैले बिर्सेका छैनन् होला । उनी उक्त प्रतियोगितामा उपाधि जित्ने सबैभन्दा युवा तथा पहिलो वरीयताविहीन खेलाडीसमेत बनेका थिए । उनको कपाल सुनौलो रहेको थियो । गोल्डेन ब्वाय भनेर उपनामले समेत परिचित उनी बोरिस बेकर थिए ।

जर्मनीका यी टेनिस खेलाडीले ८० र ९० दशकमा टेनिसमा निकै नाम कमाए । चम्किलो करियरका यी बेकर अहिले ३७ वर्षपछि निकै दयनीय अवस्थामा रहेका छन् । उनले ऋण तिर्न नसकेको र अवैधरूपमा हजारौं डलर अरू खातामा स्थानान्तर गर्नेमा दोषी ठहिरिएका उनलाई हालै जेल चलान पनि गरिएको छ । उनलाई लन्डनस्थित साउथवार्क क्राउन अदालतमा साढे २ वर्ष जेलको सजाय सुनाइएको हो ।
बेकरले २०१७ मा स्वयमलाई कंगाल घोषित गरेका थिए ।

उनको ऋण करिब ५० मिलियन पाउन्ड रहेको छ । यो भनेको नेपाली करिब साढे ७ अर्ब रुपियाँ हुन्छ । पुरुष टेनिसतर्फ विश्व नम्बर एक भइसकेका उनलाई अर्बौ सम्पत्ति, सेयर लुकाएको पनि आरोप लागेको छ । उनीमाथि २० भन्दा बढी आरोप लागेको थियो र त्यसबाट भने उनले सफाइ पाएको बीबीसीले जनायो । तर, उनले आफुले जितेको ट्रफी र ओलम्पिक स्वर्णपदक फर्काउन पनि असफल भएका थिए ।
६ पटकका ग्रान्डस्लाम विजेता बेकरलाई संयुक्त अधिराज्य (यूके) मा त्यहाँका समर्थकले निकै मनपराउँथे । त्यसैले, उनी त्यहाँ अप्रिल २०१२ मा जर्मनीबाट स्थानान्तर भएका थिए ।

बेकरको टेनिसमा पाएको सफलतालाई उनको निजी जीवनले पूरै छायाँमा पारेको थियो । आर्थिक, वैवाहिक र विभिन्न समस्याले उनलाई सताइरहेको थियो र अहिले सम्म पनि यो समस्याबाट उनलाई मुक्ति पाएको छैन ।बेकरले बताए कि उनको आर्थिक स्थिति टेनिसबाट १९९९ मा रिटायर्ड भएपछि नै कमजोर हुँदै गएको बताएका थिए । नले बीबीसी टेनिस सम्वाददातालाई बताएका थिए– युवा अवस्थामै विम्बल्डन जिते, यसले मलाई टेनिसमा जम्न मद्दत पु¥यायो पनि । तर, मेरो वैवाहिक जीवन सफल नभएपछि नै मेरो आर्थिक स्थिति डामाडोल भएको थियो ।

बेकरले खेलाडी करियरमा तीन विम्बल्डन, दुई अस्टे«लियन ओपन र एक यूएस ओपन जितेका छन् । साथै उनले १३ मास्टर्स सिरिज उपाधिसँगै ओलम्पिकमा डबल्सतर्फ स्वर्ण पदक जितेका छन् । उनी विम्बल्डन फाइनलमा ७ पटक पुग्ने पहिलो पुरुष खेलाडी पनि हुन् । दर्शकलाई उनको खेल्ने शैली निकै मनपथ्र्यो । विम्बल्डन लन्डनमा हुने भएको हुँदा पनि उनलाई त्यहाँका दर्शकले निकै मनपराएको थियो । उनलाई ब्रिटेनका मनपर्ने जर्मन भनेर उपनाम पनि दिइएको थियो ।

बेकरले बार्बारा फेल्टससँग विवाह गरेका थिए । उनले अरु एक रुसी मोडेलसँग सम्बन्ध पनि गाँसेका थिए । २००९ मा उनले डच मोडल शार्लेली लिली केर्सेनबर्गसँग इन्गेजमेन्ट गरे तर, उनीहरूले ९ वर्षपछि छुटेको घोषणा गरेका थिए । उनको निजी जीवनको हरेक घटना अखबारको पहिलो पृष्ठमा हेडलाइन बन्ने गथ्र्यो । यो क्रम अहिलेसम्म पनि चलेको छ । उनलाई लोकप्रिय टीभी च्यानेलका पण्डितको रूपमा विश्वभरि लोकप्रियता पनि दिलाएको थियो ।

बेकर हालका चर्चित टेनिस स्टार नोभाक जोकोभिचका लागि ३ वर्ष प्रशिक्षकको भुमिकामा पनि देखिएका थिए । उनको प्रशिक्षणमा सर्बियाली खेलाडी जोकोभिचले ६ ग्रान्डस्लाम उपाधि जित्न सफल भएका थिए । तर, यसको बावजुद उनको आर्थिक स्थिति कमजोर नै भएको थियो । उनले कर नतिरेको आरोपमा पनि २ वर्ष जेल सजायँ भोग्नुपरेको थियो । उनले थाकेर २०१७ जुनमा कंगाल भइसकेको घोषणा गर्नुप¥यो र ५ वर्षपछि जेलको सजायँ भोग्नसमेत प-यो ।

प्रतिक्रिया दिनुहोस्