जोकोभिचलाई विम्बल्डनमा मौका



लन्डन, (एजेन्सी) । 

सर्बियाका टेनिस स्टार खेलाडी नोभाक जोकोभिचले वर्षमा हुने तेस्रो ग्रान्डस्लाम टेनिस प्रतियोगिता विम्बल्डनमा खेल्ने मौका पाएका छन् ।
ब्रिटेनमा प्रवेश गर्न कोरोनाविरुद्धको खोप आवश्यक नभएपछि जोकोभिचले विम्बल्डनमा खेल्न पाउने भएका हुन् ।

३४ वर्षीय जोकोभिचले कोरोनाविरुद्धको खोप नलगाएका हुनाले उनलाई अस्टेलियन ओपन खेल्नबाट वञ्चित गरिएको थियो । यदि विम्बल्डनमा उपाधि रक्षा गर्न सके उनले स्पेनी टेनिस स्टार राफाएल नाडालको कीर्तिमानसँग बराबरी गर्नेछन् ।यसै वर्षको जनवरीमा जोकोभिच अस्टे«लियन ओपन खेल्न अस्टेलिया पुगेका थिए ।

तर, उनलाई खोप नलगाएको भन्दै देशबाटै निष्कासित गरिएको थियो । मेलबर्नमा ११ दिन उनी हिरासतमा परेका थिए । यसले गर्दा उनले अस्टे«लियन ओपनको उपाधि रक्षा गर्न सकेका थिएनन् ।

वर्षमा हुने पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगिताको रूपमा रहेको अस्टे«लियन ओपनको उपाधि यस सिजनमा नाडालले जितेका थिए । यो नाडालको २१औं ग्रान्डस्लाम उपाधि थियो । साथै, नाडालले मेन्स सिंगल्सतर्फ जोकोभिच र स्विस टेनिस स्टार रोजर फेडेररलाई पछि पार्दै सर्वाधिक ग्रान्डस्लाम उपाधि जित्ने कीर्तिमानसमेत राखे । जोकोभिच र फेडेररले २०-२० ग्रान्डस्लाम उपाधि जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्