मकवानपुर गोल्डकप जेठ १२ बाट



हेटौंडा  । 

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा शहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता जेठ १२ बाट हुने भएको छ ।

आयोजक मकवानपुर जिल्ला फुटबल संघको मंगलबार बसेको बैठकले जेठ १२ गतेबाट मकवानपुर गोल्डकप फुटबल आयोजना गर्ने निर्णय गरेको हो । फुटबल संघको आयोजनामा हुँदै आएको मकवानपुर जिल्ला लिग र गोल्डकपको मिति तोकेर पनि तयारी नपुगेको भन्दै सारिएको थियो । गोल्डकपका लागि मकवानपुरका १० वटै स्थानीय तहले बजेट विनियोजन गर्दै आएका छन् ।

यस वर्षको मकवानपुर गोल्डकपका लागि सबै पालिकाले बजेट छुट्याएका छन् । स्थानीय तहको चुनावपछि गोल्डकप गर्ने तयारी थालिएको जिल्ला फुटबल संघ अध्यक्ष टीकाराम लामाले बताए । उनले निर्णय गरेर आवश्यक तयारी शुरु गरिसकिएको बताए । प्रतियोगितामा ‘ए’ डिभिजन क्लबसहित आयोजक टिमको समेत सहभागिता हुनेछ । यस वर्षको मकवानपुर गोल्डकप विजेताले १५ लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्