प्रिस्ता प्रजापतिको उपप्रमुखमा उम्मेदवारी किन ?



बनेपा ।

उदियमान एवम् शिक्षित युवा प्रिस्ता प्रजापतिले उपप्रमुखमा उम्मेदवारी दिएकी छन् । प्रजापतिले जनता समाजवादी पार्टी (जसपा)बाट बनेपा नगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएकी हुन् ।

जसपाबाट बनेपा नगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दर्ता गराएकी प्रजापतिले नगरको मुहार फेर्नका लागि आफूले उम्मेदवारी दिएको बताइन् । नगरको समग्र विकासको लागि युवा नेतृत्व आवश्यक भएको बताउने प्रजापति जिल्लाको व्यापारिक केन्द्र बनेपा व्यवस्थित, सुन्दर र हरियालीको शहर मात्र हैन भ्रष्टाचारमुक्त नगर पनि बनाउने उनको प्रण छ ।

बनेपा नगरमा चुनौतीको रूपमा रहेको खानेपानी व्यवस्थापन, व्यवस्थित बसपार्क निर्माण र फोहोर व्यवस्थापन आफ्नो चुनावी एजेण्डा रहने प्रजापति बताउँछन् ।

आफु उपप्रमुखमा निर्वाचित भए बनेपा, पनौती र धुलिखेलको सीमा विवाद समाधान गर्ने उनको चुनावी एजेण्डा छ । लामो समयदेखि यो तीन नगरपालिकाको सीमा, आइटीपार्क क्षेत्रमा करिब ४२ हेक्टर जमिनबारे सिमा विवाद छ ।

नगरभित्र सुविधा सम्पन्न बधशाला निर्माण, ट्राफिक व्यवस्थापन, पुलबजारको डुबान समस्या समाधान, चारदोबाटो, र तीनदोबाटोमा तीनवटा आकाशेपुल निर्माण पनि अपरिहार्य भएको उनी बताउँछन् । सडक बत्ति र सीसी क्यामेरा पनि जडान गर्नुपर्ने विषय प्रजापतिको प्राथमिकतामा छ ।

त्यस्तै बनेपा नगरपालिका व्यापारिक केन्द्र मात्र नभै आधुनिक र व्यवसायीक कृषिलाई पनि प्राथमिकता दिनुपर्ने नगर भएको भन्दै उनले बनेपामा कृषि तालिम केन्द्र स्थापना गर्ने योजना रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्