साताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय


काठमाडौं ।

सरकारले अब साताको २ दिन सार्वजनिक बिदा दिने भएको छ । शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए । नेपाल आयल निगम समेतको सुझावको आधारमा मन्त्रिपरिषद्मा यो विषय विचाराधीन रहेकामा हाल निर्णय गरिएको हो ।

जेठ १ देखि लागू हुनेगरी शनिबार र आइतबार बाहेकका दिनमा भने बिहान ९ बजेर ३० मिनेटदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णयसमेत भएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।