प्रदीप र प्रणव क्वार्टरफाइनलमा



काठमाडौं । 

प्रदीप खड्का र प्रणव खनाल आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताअन्तर्गत पुरुष सिंगल्सको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार भएको खेलमा प्रदीपले आशिष खड्कालाई ७–६, ६–२ ले हराए ।

यस्तै, प्रणवले सक्षमविक्रम शाहलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गरेका हुन् । त्यसै स्पर्धामा अकी जुवेन रावतले विष्णु नेपालीलाई ६–३, ६–३, सौगात विकले निजेज महर्जनलाई ६–०, ६–०, प्रणव मानन्धरले निसान श्रेष्ठलाई ५–७, ६–२, ७–५, सन्तोष खत्रीले कुमार जिसीलाई ६–१, ६–१, गौरवप्रताप शाहीले प्रमोदबहादुर थापालाई ६–०, ६–० तथा विवेक मगरले मनोज महर्जनलाई ६–०, ६–० को सेटमा हराउ”दै अन्तिम आठमा स्थान सुरक्षित गरे ।

सिटिजन्स बैंकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी, रोबर्ट जे. हान, दावा सोनाम शेर्पा, भीष्मजंग गुरुङ, जितेन्द्र परियार, सन्तोष खत्री, राजेन्द्र श्रेष्ठ र सीमान्त गुरुङ अन्तिम आठमा पुगे ।काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा चन्द्र शाही, हरिबहादुर बस्नेत, शरण गुरुङ, गोपी भट्टराई, मनोज शाह, रोहित सुनुवार, महेश श्रेष्ठ र विमल गुरुङले अन्तिम आठको यात्रा तय गरे ।

भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा महेश श्रेष्ठ र कृष्णराज घले, राजु गुरुङ र लाक्पा छिरिङ शेर्पा, निरेशबहादुर श्रेष्ठल र सञ्जय अमात्य, राजु क्षेत्री र हेमराज ढकाल, डेगेन्द्र श्रेष्ठ र चन्द्र शाही, यज्ञबहादुर भण्डारी र रोहित सुनुवार, रमेश्वर थापा र राजेश क्षेत्री तथा शिवप्रसाद सेढाईं र विभू कायश्थको जोडीले आ–आफ्नो प्रतिद्वन्द्वीलाई पाखा लगाउ”दै अन्तिम आठमा स्थान पक्का गरे । भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापाले वसन्त प्रधानलाई सहजै पन्छाए ।

प्रतिक्रिया दिनुहोस्