लेवान्डोस्कीलाई ‘असाधारण उपलब्धि’ अवार्ड



लन्डन, (एजेन्सी) । 

जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीलाई ‘असाधारण उपलब्धि पुरस्कार’ प्रदान गरिएको छ ।लेवान्डोस्कीलाई आइतबार लाउरेस खेलकुद समारोहमा ‘असाधारण उपलब्धि पुरस्कार’ प्रदान गरिएको हो । पछिल्लो सिजन बुन्डेसलिगामा ४१ सबै प्रतियोगितामा ४८ गोल गरेका लेवान्डोस्कीलाई हालैका वर्षमा बायर्न म्युनिखका लागि उनको अविश्वसनीय फर्मको लागि पुरस्कृत गरिएको जनाएको छ ।

लेवान्डोवस्की यस सिजनमा पनि अविश्वसनीय लयमा रहेका छन् । उनले यो सिजन ३३ गोल गरिसकेका छन् । यसै साता बायर्न म्युनिखलाई लगातार १०औं पटक बुन्डेसलिगाको उपाधि दिलाइसकेका छन् । लेवान्डोस्कीले यसै वर्ष फिफा वर्ष पुरुष खेलाडीको अवार्ड जितिसकेका छन् ।

उनले मैदानमा गरेको आफ्नो प्रदर्शन र युनिसेफको राजदूतको रूपमा आफ्नो कामको लागि अर्को ट्रफीको साथ पछ्याएका छन् । उक्त समारोहमा इटालीको राष्ट्रिय फुटबल टोलीलाई वर्षको उत्कृष्ट टिमबाट पुरस्कृत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्