नेपाल टी–२० क्रिकेट लिग हुने



काठमाडौं  । 

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० क्रिकेट लिग आयोजना गर्ने भएको छ ।क्यानले सोमबार विज्ञप्तिमार्फत नेपाल टी–२० आयोजना गर्ने जानकारी दिएको हो ।

उक्त प्रतियोगिता आयोजना गर्न क्यानले दुई महिनाअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट अनुमति पाएको थियो । भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्स नेपाल टी–२० लिगको रणनीतिक र कर्मसियल साझेदारीको रूपमा रहनेछ ।

क्यानले प्रतियोगिता आयोजना गर्न सो कम्पनीसँग ८ वर्षको लागि ३३ करोडको सम्झौता गरेको छ । जबकि, यो सम्झौता १० वर्षको थियो, तर पछि २ वर्ष घटाएको हो ।

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लका अनुसार नेपाल प्रिमियर लिग अन्य कसैले दर्ता गराएको हुँदा नेपाल टी–२० को नामबाट आयोजना गर्न लागिएको हो । प्रतियोगिता आगामी सेप्टेम्बरमा आयोजना गर्ने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्