टाइसनको मुक्का यात्रीमाथि



न्युयोर्क, (एजेन्सी) । 

अमेरिकाका पँर्व हेभिवेट बक्सर माइक टाइसनले विमानमै एक यात्रीलाई मुक्का बर्साएका छन् । उनलाई यात्राको क्रममा एक यात्रीले बारम्बार कुरा गर्न चाहेको निहुँमा टाइसनले मुक्का हानेका हुन् । उनले धेरैपटक मुक्का हानेको त्यो भिडियो सामाजिक सञ्जालमा पनि भाइरल भइरहेको छ ।

भिडियोको फुटेजमा देखिएको अनुसार टाइसनले उनको सिटमा निहुरिएर उक्त यात्रीमाथि मुक्का बर्साएका थिए । यसले ती यात्रीलाई धेरै चोट लागेको छ र रगत पनि बगेको थियो । शुरुमा टाइसन र यात्री सही तरिकाले शान्त थिए, जब यात्रीले पटक–पटक टाइसनसँग कुरा गर्ने कोशिस गरे । तब, आइरन माइकले उपनामले चिनिएका टाइसन निकै रिसाए र उनले मुक्का हान्न शुरु गरेका थिए ।

ती यात्री टाइसनको पछाडिको सिटमा बसेका थिए । उनले टाइसनसँग कुरा गर्न चाहिरहेका थिए । टाइसनले उनलाई शान्त बस्न भनेर सम्झाएका थिए । तर, उनी शान्त नभएर कुरा गर्न नरोकेपछि टाइसनको मुक्का खान पुगेका थिए । भिडियोको अनुसार उनको अनुहार रगताम्मे भएको थियो । टाइसनका प्रवक्ताले बताए कि ती यात्रीले टाइसनमाथि एक बोटल फ्याँकेका थिए ।

अर्को यात्रीले बताए कि टाइसन पहिला शान्त थिए । उनमा कुनै रिस थिएन । उनले ती यात्रीसँग सेल्फी पनि लिएका थिए । तर, टाइसन ती यात्रीले धेरैपटक कुरा गर्ने कोशिसमा रिसाएका थिए । टाइसन यो घटनापछि विमानबाट बाहिर निस्केका थिए । ती मुक्का खाएका व्यक्ति हाल प्रहरीमा उजुरी दिन गएको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्