बेटिसलाई कोपा डेल रे उपाधि



लन्डन । 

ला लिगा प्रतिद्वन्द्वी भ्यालेन्सियालाई टाइब्रेकरमा पराजित गर्दै रियल बेटिसले १७ वर्षपछि स्पेनिस ‘कोपा डेल रे’को उपाधि उचालेको छ ।
प्रतियोगिताअन्तर्गत शनिबार राति भएको फाइनलमा भ्यालेन्सियालाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै बेटिसले उपाधि जित्न सफल भएको हो । बेटिसले यसअघि, २००४–०५ को सिजनमा उपाधि जितेको थियो ।

पाँचपटक फाइनल खेल्दा तेस्रोपटक च्याम्पियन बनेको बेटिसले सन् २००५ पछि पहिलोपटक यो उपाधि उचालेको हो । रियल बेटिसले यसअघि १९३१, १९७६–७७, १९९६–९७ र २००४–०५ को सिजनमा पनि फाइनल खेलेको थियो ।शनिबार निर्धारित समयको खेल १–१ गोलको तथा अतिरिक्त समयमा पनि गोल निस्कन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइँदा रियल बेटिसले बाजी मारेको हो । टाइब्रेकरमा रियल बेटिसका सबै पाँच खेलाडीले गोल गर्दा भ्यालेन्सियाको एक प्रहार गोल हुनबाट वञ्चित बनेको थियो ।

पोस्टको दिशा लिन सकेन । रियल बेटिसका विलियम जोश, जोआक्विन, आन्द्रेस गुआरडाडो, क्रिस्टियन टेलो र जुआन मिरान्डाले गोल गरे । भ्यालेन्सियाका कार्लाेस सोलेर, युरोस रासिस, गोन्कालो गुइडेस र जोस गायाले गोल गर्दा युनुुस मुसाहाले गोल गर्न सकेनन् । त्यसअघि, सेभिलमा भएको खेलको ११औं मिनेटमा बोर्जा इग्लिसिएसले गोल गर्दै बेटिसलाई शुरुवाती अग्रता दिलाएका थिए । ३०औं मिनेटमा ह्युगो डुरोले बराबरी गोल फर्काए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समय हुँदै टाइब्रेकरमा लम्बिएको थियो ।

प्रतिक्रिया दिनुहोस्