प्रिन्स र रसिलाको पोल्टामा उपाधि



बुटवल  । 

बुटवल ब्याडमिन्टन क्लवद्धारा आयोजित दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रिन्स दाहाल र रसिला महर्जनले जितेका छन् ।
मेन्स सिंगलतर्फ वीरगञ्ज एग्रोका प्रिन्सले आर्मीका प्रफुल्ल महर्जनलाई २–१ सेटले हराएका हुन् ।

महिलातर्फ आर्मीकी रसिलाले सशष्त्र प्रहरीकी जेसिका गुरुङलाई पराजित गरिन् । त्यस्तै, भेट्रान्स ४५ वर्षमाथि समू्हमा कास्कीका नरबहादुर गुरुङ र शम्भुकुमार श्रेष्ठको जोडीले उपाधि जितेको हो ।

आरसी काठमाडौं डाउनटाउनका श्याम पराजुली र नवीनबाबु श्रेष्ठको जोडीलाई नरबहादुर र शम्भुकुमारले हराउँदै उपाधि चुमेका हुन । भेट्रान्स ५५ वर्षमाथिकोमा भने कैलालीका सुरेश बम र विष्णुलाल श्रेष्ठको जोडीले २ एकको सेटमा उपाधि रक्षा गरेको हो ।

यस्तै, मेन्स डबलतर्फको उपाधि आर्मीका प्रफुल्ल र रुकेश महर्जनको जोडीले चुमेको छ । उनिहरूले एपीएफका दीपेश धामी र बिजित थापामगरको जोडीलाई हराए ।

प्रतिक्रिया दिनुहोस्