मकवानपुरको क्लबलाई गोल्डकप



हेटौंडा । 

मोरङको मिक्लाजुङमा सञ्चालन भएको अन्तर्राष्ट्रिय आमन्त्रित प्रथम मधुमल्ला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मकवानपुरको विजय युथ क्लबले जितेको छ ।

शुक्रबार भएको फाइनल भिडन्तमा आयोजक इस्टस्टार स्पोर्टिङ क्लब मधुमल्लालाई २–० गोलअन्तरले हराउँदै विजय युथले उपाधि जितेको हो । विजय युथका लागि समिराज थोकर र सनिश श्रेष्ठले गोल गरेका हुन् ।

प्रतियोगिता विजेता विजय युथले नगद ३ लाख ३ हजार ३ सय ३३ तथा उपविजेताले १ लाख ५० हजार ५ सय ५५ रुपियाँ पाएका छन् । प्रतियोगिताको विधागत उत्कृष्ट पुरस्कारमा पनि विजय युथकै वर्चश्च रह्यो । सर्वाधिक गोलकर्ता समिराज थोकर, उत्कृष्ट डिफेन्डर कुलदीप कार्की, उत्कृष्ट गोलरक्षक अनिश देउला र उत्कृष्ट प्रशिक्षक समितराज भण्डारी घोषित भए । उनीहरूले जनही नगद ५ हजार प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्