पुलिस फाइनलमा



धनगढी ।

विभागीय टोली नेपाल पुलिस क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री बीवाईसी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीबार छैठौं दिन धनगढी रंगशालामा भएको सेमिफाइनल खेलमा आयोजक वनदेवी युवा क्लबलाई ३–० को अन्तरले हराएर फाइनलको यात्रा तय गरेको हो ।

टोलीको जितमा निर्मला विकले दुई र रेखा पौडेलले एक गोल गरे । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी निर्मला ‘प्लेयर अफ द म्याच’ भइन् । उनले नगद ५ हजारसहित ट्रफी पाइन् । पुलिसले उपाधिको लागि अर्को विभागीय टोली नेपाल एपीएफ क्लबसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्