‘एक कप चिया दान’को बाह्रौं वार्षिकोत्सव सम्पन्न



काठमाडौं (नेस) ।

दुई दशक अगाडि स्थापना भएको युवा नेत्र सेवाले असाहय गरिबहरूलाई लक्षित गर्दै मानिसको अति समवेदनशील आँखा अन्धोपनबाट हटाउने उद्देश्यले सामाजिक सेवा क्षेत्रमा कार्यरत हुँदै आर्थिक स्रोत जुटाउन बाह्र वर्ष अगाडि ‘एक कप चिया दान’ अभियान सञ्चालन गर्दै आइरहेकोमा शनिबार बाह्रौं वार्षिकोत्सव सम्पन्न भयो ।उक्त कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्माले पानसमा बत्ती बाली उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा अमिरमान श्रेष्ठ, धर्मस्थली वचत तथा ऋण सहकारी संस्था, लक्ष्मण डंगोल, डा. उज्ज्वल श्रेष्ठ र मोनिका गुरुङलाई सम्मान गरिएको र संस्थाका विभिन्न आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गरेको थियो ।

यसै गरी युवा नेत्र सेवाका महासचिव रोशन महर्जनले स्वागत मन्तव्य व्यक्त गर्ने क्रममा एक कप चिया दान कार्यक्रममा प्राप्त रकम कुनै पनि कार्यक्रममा खर्च नगरेको र यसै संस्थाको लागि मात्र खर्च गरिँर्दै आइरहेको बताउनुभयो । संस्थाका कोषाध्यक्ष शर्मिला डंगोलले वार्षिक कार्यक्रम प्रस्तुत गर्नुका साथै अहिलेसम्म १५ सयजनाको उपचार गरिएको जानकारी दिनुभयो ।

यसैबीच, स्वदेश तथा विदेशमा आजीवन सदस्य र साधारण सदस्य ५ सय जनाभन्दा बढी रहेको सेवाका अध्यक्ष सिद्धार्थ रञ्जितले बताउनुभयो । विदेशमा रहेका आजीवन सदस्य अस्ट्रेलिया एक जना, हङकङमा नौ जना, थाइल्यान्डमा चार जना, भारतमा एक जना, जापानमा एक जना, दुबईमा एक जना, जर्मनमा एक जना, हल्यान्डमा एक जना, फ्रान्समा तीन जना, इङ्ल्यान्डमा एक जना, यूएसएमा आठ जना, स्वीजरल्यान्डमा एक जना र माल्दिभ्समा एक जना रहेको जानकारी गराउनुभयो । अध्यक्ष रञ्जितले विशुद्ध सामाजिक संस्था रहेको र विश्वसामु चिनाउन चाहना रहेको कार्यक्रममार्फत जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्