ढुङ्गाखानीमा पहिरो खस्दा एक मजदुरको मृत्यु


न्युज अफ नेपाल, धादिङ ।

धुनिबेँसी नगरपालिका वडा न १ स्थित जयसिद्धी रोडा ढुङ्गा उद्योग प्रालिले सञ्चालन गरेको ढुङ्गा खानीमा पहिरो खस्दा एक मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खानीमा काम गर्ने मजदुर शैलेश भन्ने शिरीष तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो छ । उक्त घटनापछि खानीको काम रोकिएको छ भने प्रहरी टोली घटनास्थल पुगी अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।