स्थानीयको भावना बुझ्दै कांग्रेस



बाजुरा ।

स्थानीय स्थानीयलाई लक्षित गरी नेपाली कांग्रेसका नेता–कार्यकर्ता बाजुराका गाउँ–गाउँमा पुगेका छन् । गत फागुन २९ गतेदेखि देशव्यापीरूपमा शुुरु भएको ‘घर–घर जाऔं कांग्रेस जिताऔं’ अभियानका क्रममा नेता–कार्यकर्ता गाउँ पसेर जनभावना बुझ्न थालेका हुन् ।

सरकारप्रति नागरिकको अपेक्षा अनि गुनासा सुन्न, एमसीसीको भ्रम चिर्न तथा सत्ता गठबन्धनसँग तालमेल गर्ने वा एक्लै भिड्न सकिने अवस्था बारे स्थलगत अध्ययन गर्न, पार्र्टीका कार्यकर्तालाई परिचालन गरेको पूर्वजिल्ला सभापति एवं महाधिवेशन प्रतिनिधि मनबहादुर रावलले बताउनुुभयो । जिल्लाका ६९ वडामा जिल्ला प्रतिनिधि खटाइसकेको उहाँको कथन छ । अभियानले सकारात्मक नतिजा ल्याउनेमा रावल विश्वस्त हुनुहुन्छ ।

‘सदरमुकाम मार्तडीबाट चुनावी अभियान शुरु गरेर नौवटै स्थानीय तहमा औपचारिकरूपमै पुग्ने कार्यक्रम छ’, केन्द्रीय सदस्य एवं बाजुरा जिल्ला प्रतिनिधि अर्जुनजंगबहादुर सिंह भन्नुहुन्छ– ‘घर–घरमा पुगेर जनताको भावना बुझ्दै छौं ।’ बाजुराका उत्तरपूर्वी प्रदेश ‘क’ कुण्डा क्षेत्रका चार पालिकाको अभियान सन्तोषजनक रहेको र मतदाताहरु नयाँ नेतृत्व चयन गर्न अत्यन्त उत्सुक रहेका उहाँको भनाइ छ । जिल्लाका नौवटै स्थानीय तहमा चैत ९ गतेसम्ममा कार्यक्रम सम्पन्न गर्ने लक्ष्य राखेको नेता सिंह बताउनुहुन्छ ।

‘गुट–उपगुट त्यागेर नेता–कार्यकर्ता लागेमा आगामी स्थानीय स्थानीयमा नेपाली कांग्रेसले अत्यधिक बहुमतले जित्छ’, निवर्तमान पार्र्टी सभापति कविराज पण्डित भन्नुहुन्छ– ‘कांग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा भिड्ने वा अन्य दलसँग चुनावी तालमेल मिलाउने भन्नेबारे अभियान सएिपछि मात्र थाहा हुनेछ ।’ जनताको चाहानाअनुरूप कांग्रेस चल्ने उहाँको कथन छ ।

नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले गृहजिल्ला बाजुरामा गत फागुन २९ गते मार्तडीमा अभियानको उद्घाटन गर्नुभएको थियो । २०७४ सालको स्थानीयमा नेपाली कांग्रेसले नौवटा स्थानीय तहमध्ये ६ वटामा जित हात पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्