एमाले निकट पूर्वसैनिक प्रहरी संगठित



न्युज अफ नेपाल, धादिङ । 

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन धादिङको प्रथम अधिवेशन धादिङबेशीमा सम्पन्न  भएको छ । नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज खेम लोहनीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनलाई एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठी, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनका बागमती प्रदेश कमिटी सचिव मदन केसीले शुभकामना व्यक्त गर्नुभयो ।

भूतपूर्व सेना र प्रहरीले पार्टीको गतिविधि सञ्चालन गरी एमाले अघि बढाउने एमाले अध्यक्ष त्रिपाठीले बताउनुभयो । अधिवेशनले नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन धादिङको ४४ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । सबै पालिकाबाट भूतपूर्व सैनिक प्रहरीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्