केडिया अर्गनाइजेशनका अध्यक्ष हिरालाल केडियाको निधन



न्युज अफ नेपाल, काठमाडौं ।

केडिया अर्गनाइजेशनका अध्यक्ष हिरालाल केडियाको निधन भएको छ। अध्यक्ष केडियाको मंगलबार राति ९ बजे काठमाडौंस्थित ह्याम्स अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको बुधबार सर्लाहीको वाग्मती नदीमा दाहसंस्कार गरिएको पनि परिवारले जनाएको छ । वीरगञ्जका प्रतिष्ठित उद्योगी केडिया नेपालको औद्योगिकरणमा पहिलो पुस्ताका व्यवसायी हुन्।

प्रतिक्रिया दिनुहोस्