राप्रपाका दर्जनभन्दा बढी नेता कार्यकर्ता पक्राउ, तत्काल रिहाइको माग



न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट भातृ संगठनहरुको एमसीसी विरुद्धको शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गरेको भन्दै राप्रपाले भत्र्सना गरेको छ ।

शान्तिपूर्ण आन्दोलनलाई बिना कारण दमन गर्ने सरकारी कदमको हामी भत्र्सना गर्दछौं, राप्रपा प्रवक्ता सगुन सुन्दर लावतीले भने । प्रदर्शनको दौरान बुधबार पक्राउ गरिएका विधार्थी नेताहरुको तत्काल रिहाइको पनि लावतीले माग गरे ।

अमेरिकी सहायता परियोजना एमसीसीको विरोधको क्रममा प्रहरीले राप्रपासम्वद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रपा वि.सं) का अध्यक्ष धनसुर शाहीसहित तीन जनालाई पक्राउ गरेको छ । विद्यार्थी संगठनका कोषाध्यक्ष मदन शाही र पब्लिक युथ क्याम्पस इकाइ अध्यक्ष सुजन पुलामीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

यसैबीच राप्रविसंका महासचिव एन्टीसंघर्ष राईले एक विज्ञप्ति जारी गर्दै पक्राउ परेका अध्यक्ष शाहीलगायत विधार्थी नेताहरुको रिहाइको माग गरेको छ । शान्तिपूर्ण आन्दोलनमा सरकारको दमनकारी भूमिकाको निन्दा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्