माओवादी सरकारबाट बाहिरिने, एमसीसीको विपक्षमा उभिने निर्णय


काठमाडौं ।

नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिने भएको छ । माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना (एमसीसी)को विपक्षमा उभिने निर्णय गर्दै एमसीसी जबरजस्ती अघि बढाइए विपक्षमा मतदान गर्ने र सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको दलको बैठकले एमसीसी परियोजनाको विपक्षमा उभिने निर्णय गरेको हो ।

आज बस्ने संसद बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि माओवादीले एमसीसीको विपक्षमा उभिने निर्णय गरेको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।