प्रधानन्यायाधीश विरुद्धको महाभियोग भागवण्डाको दुष्परिणाम : राप्रपा


काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग प्रस्ताव दर्ता भएको विषय अदालतमा राजनीतिक दबाब, प्रभाव, हस्तक्षेप र भागवण्डाको विगतको क्रियाकलापको दुष्परिणाम भएको निष्कर्ष निकालेको छ ।

मंगलबार बसेको राप्रपाको बैठकले महाअभियोग न्याय क्षेत्रमा रहेको हालको विकृति विसंगतिको समाधान नभएको र यसको मुल दोष प्रणालीमा रहेको निष्कर्ष निकालेको छ ।

प्रणालीमा आमूल सुधार नभएसम्म यस्तो अवस्था आइरहने भएकाले राप्रपा महाअभियोगको खेलमा समावेश नहुने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।