कांग्रेसले बोलायो संसदीय दलको बैठक


काठमाडौं ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । भोलि बिहान ९ बजे नयाँ बानेश्वर संघीय संसद भवनको ल्होत्से हलमा बैठक बस्ने जनाइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग बारे छलफल गर्न कांग्रेसले दलको बैठक बोलाएको हो । आइतबार गठबन्धनमा रहेका दलका ९८ जना सांसदहरुले जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।