आज मौसम सफा रहने


न्युज अफ नेपाल, काठमाडौं ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको जनाएको छ । प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको भएपनि बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ महाशाखाले जनाएको छ । तराईका केही भू-भागमा हुस्सु कुहिरो रहेको छ।

आज दिउँसो देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने भएको छ । त्यस्तै सोमबार पनि देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।