मनाङ पुलिसमाथि ६ पटक नै हाबी



पोखरा ।

पोखरा रंगशालामा अहिले २० औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलका खेलहरू चलिरहेका छन् । सहारा क्लब पोखराले आयोजना गर्दै आइरहेको प्रतियोगिताले २ दशक पूरा गरिरहँदा आफँैमा ऐतिहासिक क्षण थियो । अझ त्यसमा ६/६ पटकको च्याम्पियन बीचको खेल पनि अर्को बिर्सन नै नसकिने खेल थियो । उक्त खेलमा समेत ६ पटकको च्याम्पियनले ६ पटककै च्याम्पियलनाई ६ पटक नै हराएको छ ।

२०५८ सालमा भएको क्याराभान गोल्डकपमा भेटेका यी दुई टिमबीच २ दशकमा समेत भेट भएको छ । यी बीचमा दुई टोली ८ पटक आम्ने साम्ने भएका थिए जसमा मनाङकै अग्रता थियो । पुलिसले पोखरामा मनाङलाई जित्न नसकेको पनि पाँच वर्ष भइसक्यो । पछिल्लो समय २ टिमको भेट २ वर्ष अघि भएको थियो ।

२ दशकमा समेत आहा! राराको उपाधि उचाल्न चाहेको पुलिसको सपनामा मनाङ तगारो बनेको छ । मनाङले आइतबार क्वार्टरफाइनलमै पुलिसको यात्रा रोकिदिएको छ । आहा ! रारामा पुलिसमाथि छैटौं पटक जित निकाल्ने क्रममा मनाङले २–० गोलले पुलिसलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । दुईवर्ष अघि मनाङले पुलिस फाइनलमा हराउँदै पुलिससँगको उपाधि बराबर गर्यो ।

आइतबार क्वार्टरफाइनल अन्तर्गतको दोस्रो खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिँदा दोस्रो हाफमा भने दुवै टोलीले आक्रमक खेल्ने देखिएको थियो । तर मैदानमा भने फरक नै देखियो । दुवै टोलीले एक अर्काको गल्ती कुरेर बसिरहेको अवस्थामा पुलिसले गल्ती गर्न पुग्दा मनाङले फाइदा उठायो । ६३औं मिनेटसम्म बराबरीमा रोकिरहेको पुलिसले ६४ औं मिनेटमा गल्ती गर्दा नमिठो स्वाद चाख्यो ।

अजित भण्डारीको गल्तीको फाइदा उठाउँदै रूपेश केसीको गोलमा मनाङले अग्रता लियो । हेमन्त श्रेष्ठले दिएको ब्याकपासलाई नियन्त्रणमा लिएका अजित भण्डारीले रूपेशलाई बिट गर्न खोज्दा ओलावालाले बल पाएका थिए । ओलावालाले दिएको पासमा रूपेशले उत्कृष्ट गोल गर्दै अग्रता दिलाए ।

खेलको ८७ औं मिनेटमा आफिज ओलावालेले गोल गर्दै अग्रता दोब्बर बनाए । उनले पनि भोला सिलवालको गल्तीको फाइदा उठाए । भोला सिलवालले बललाई आफ्नो नियन्त्रणमा राख्न नसक्दा मैदानको मध्यभागबाट खोसेर आजित भण्डारीलाई विट गर्दै ओलावालाले उत्कृष्ट गोल गर्दै सेमिफाईनलमा स्थान सुरक्षित गर्यो । उनी खेलको म्यान अफ दि म्याच समेत घोषित भए ।

ओलावालेले खेलको ८९ औं मिनेटमा पाएको सुवर्ण अवसर खेर गयो । शिव गुरूङले डिफेन्स लाइबाट प्रहार गरेको अत्यन्तै लामो प्रहारलाई नियन्त्रणमा लिदैँ अजित भण्डारीलाई बिट गरी प्रहार गर्न खोज्ने क्रममा गोलरक्षक संजित श्रेष्ठ अघि बढ्दै बचाउ गरे ।

यसअघि, ६८ औं मिनेटमा मनाङ मस्र्याङ्दीले अग्रता दोब्बर बनाउने अवसरलाई गुमायो । ओलावालेको एकल प्रयासलाई पुलिसका गोलकिपरले बचाउ गरे । रिबाउन्ड बललाई पुलिसका डिफेन्सले क्लियर गर्न प्रहार गरेको बल ओलावालेकै खुट्टामा पर्यो । ओलावालेले विमल रानालाई पेनाल्टी बक्सभित्र पास दिए । बिमलको प्रहार डिफेन्सबाट रिफ्लेक्ट भयो । रिफ्लेक्ट बललाई विमलले राजेशलाई व्याक पास दिए । पासलाई राजेश परियारले हानेको प्रहार बाहिरिन पुग्यो ।

खेलपछि पुलिसका प्रशिक्षक अनन्त थापाले बताए —खेल टफ नै हो । पहिलो हाफ बराबरीमै रोकेका थियौँ । दोस्रो हाफमा गल्ती गर्दा हामी हार व्यहोर्न बाध्य भयौँ । मनाङ राम्रो टिम हो जित सजिलो थिएन जस्ले गल्ती गथ्र्यौ उही हाथ्र्यो । हाम्रो डिफेन्सको गल्तीमा गोल खायौं । त्यसले नै हार्यौं । त्यस्तै, विजेता टिम मनाङका प्रशिक्षक फुजा टोपेले बताए – ‘पहिलो हाफमा हामीले विपक्षीको खेल हेरेका हौँ । उनीहरूको रणनीति बुझ्ने प्रयास गर्यौँ । हामीले डिफेन्सको कमजोरी पत्ता लगाएका थियौँ । दोस्रो हाफमा हामीले त्यही कुरा समात्दा जित हासिल गर्यौं ।’

प्रतिक्रिया दिनुहोस्